धनुषा। जनकपुरधाम उपमहानगरपालिकाका मेयर एवं जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य लालकिशोर साहलाई पार्टी समायोजन कार्यदलबाट हटाइएको छ ।

पूर्वराजपा र संघीय समाजवादी पार्टीबीच एकीकरणका लागि जिल्लाहरुमा समायोजन कार्यदल गठन भएको छ। धनुषा जिल्लाको समायोजनका लागि बनेको कार्यदलमा मेयर साह सदस्यका रुपमा चयन भएका थिए ।

मेयर लालकिशोरमाथि जसपाले कारवाहीको प्रक्रिया पनि अगाडि बढाएको छ ।

पार्टीको कारवाही र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट जोगिन मेयर साह जसपा छोडेर नेकपामा प्रवेश गर्ने तयारी थालेपछि उनलाई समायोजन कार्यदलबाट हटाइएको जसपा स्रोतले जनाएको छ ।

समायोजनमा कार्यदलमा केन्द्रीय कार्याकारिणी समितिको सदस्यलाई पहिलो प्राथमिकता राख्ने र त्यसपछि वरिष्ठ एवं प्रभावशाली केन्द्रीय सदस्यलाई प्राथमिकतामा राख्ने कार्यविधि रहेको छ ।

जसअनुसार मेयर लालकिशोर समायोजन कार्यदलमा चयन भएका थिए। तर, मेयर साहले गरेको भ्रष्टाचारबाट जोगिन प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपामा प्रवेशको तयारी गरेपछि उनलाई समायोजन कार्यदलबाट हटाइएको हो ।

मेयर साहलाई हटाएर जिल्ला अध्यक्ष मध्येबाट संजय सिंहलाई समायोजन कार्यदलमा राखिएको जसपाले जनाएको छ ।

महतोलाई कालो झण्डा, ओलीका दूतसँग साँठगाँठ

जनकपुर उद्योग बाणिज्य संघको साधारण सभामा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मेयर लालकिशोरले राम्रो काम गर्न नसकेको स्वीकार गर्दै आलोचना गरेका थिए। सार्वजनिक स्थानमै मेयर साहको आलोचना भएपछि उनी क्रोसित भए।

केही दिनपछि जनकपुरधाममा आयोजित जसपाको विरोधसभाका क्रममा मेयर साहले वरिष्ठ नेता महतोलाई कालो झण्डा देखाउन दुई जनालाई परिचालन गरेका थिए।

मेयर साह र जनकपुरधामका केही पत्रकारहरुबीच विवाद हुँदा पत्रकारहरुको विरुद्धमा आन्दोलनका लागि सोही समूहलाई मेयर साहले परिचालन गरेका थिए ।

पत्रकार विरुद्ध प्रदर्शन गरेका उनीहरुले पैसा नपाएपछि पत्रकार सम्मेलन गरी मेयर साहको पर्दाफास गर्ने धम्की दिएपछि मेयर साहले पैसा भुत्तानी गरेका थिए।

पछिल्लो समय पनि कालो झण्डा देखाए वापतको पैसा भुक्तानी नभएको स्रोतले जनाएको छ ।

जसपाका नेताहरुसँग सम्बनध विग्रिएको पार्टीले कारवाही गर्ने भएपछि मेयर साहले गत साता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं आएका थिए। तर, ओलीले समय नदिएपछि उनी ओली निकट केही युवा नेताहरुसँग भेट गरी जनकपुरधाम फर्किएका हुन्।हुलाकी न्युज

यता मेयर निकट स्रोतका अनुसार उनी नेकपा प्रवेशको तयारीमा नभएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधाम उपमहानगरपालिकामा गरिरहेको छानविनका विषयमा प्रधानमन्त्री ओलीसँग भेट गर्न खोजेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय