काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने उमेर बढाइने भएको छ । सवारी लाइसेन्स लिने उमेर १६ वर्षबाट बढाएर १८ पुर्याउन लागिएको हो ।यातायात व्यवस्था विभागले सवारीको लाइसेन्स लिने उमेर १८ वर्ष पुगेको हुनुपर्ने प्रावधान राखेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । अहिले हरेक ५ वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय