साकिर विदेशमै रहेका बेला रुबीको पर–पुरुषसँग सम्पर्क भएको हुनसक्ने र अहिले ती पुरुषसँगै भागेको उनको शंका जाहेर गरे ।

तस्विरः साकिरले उपलब्ध गराएको रुबी खातुनको तस्विर

जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा जिल्ला गणेशमान चारनाथ नगरपालिकाकी एक महिला आफ्नो श्रीमानसँग सम्पर्क विहिन भएको प्रहरीले जनाएको छ । गणेशमानचारनाथ नगरपालिका वडा नं. २ बस्ने स्थानीय साकिर हुसैनकी श्रीमति बर्ष २३ की रुबी खातुन सम्पर्कविहिन भएकी छिन् ।

वैदेशिक रोजगारीले देशमा रेमिटयान्स बढाएपनि समस्या पनि उतिकै अनुपातमा बढेको देखिएको छ । पुरुष वैदेशिक रोजगारीमा जाँदा घरमा श्रीमति अर्कैसँग भाग्ने जस्ता घटनाहरु प्रायः सुनिन्छ ।

गत माघ १३ गते नै छिमेकमा भएको बिहे कार्यक्रममा गएदेखि अहिलेसम्म सम्पर्क बिहिन रहेको परिवारजनले जनाएको छ । रुबीकी श्रीमान साकिरले ईलाका प्रहरी कार्यालय ढल्केवरमा हुलिया सहितको निवेदन समेत जाहेर गरेका छन् ।

साकिरले गत माघ १३ गते बेलुकी छिमेकमै रहेको बिहेमा गएको र त्यसपछि सम्पर्कबिहिन भएको दुःखेसो पोखेका छन् । बेलुकै निस्केकी रुबी अबेर रातीसम्म नआएपछि घरपरिवारलाई शंका लागेको थियो । त्यसपछि व्यापक खोजतलास गरेपनि अझै भेटाएकी छैनन् ।

ईलाका प्रहरी कार्यालय ढल्केवरमा हुलियासहितको निवेदन लेखाएपनि प्रहरीले समेत अझै फेला पार्न सकेको छैनन् । यसबारे ईलाका प्रहरी कार्यालय ढल्केवरले यस्ता प्रकरणका निवेदनहरु दैनिक २÷३ वटा आउने गरेको बताए ।

पीडित साकिरका अनुसार, गत माघ १३ गते नै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ र ६ को बीचमा लाग्ने महेन्द्रनगर सखुवा बजार आएको बेला रुबी छिकेकीको बिहेमा निस्केको परिवारजनलाई उदृत गर्दै बताए ।

दुई छोरा रहेको साकिर र रुवीको जेठा छोरा भने फरक क्षमता (अपाँगता भएको) का रहेका छन् । कान्छो छोरालाई रुबीले सँगै लिएर गएको तथा अहिलेसम्म सम्पर्कमा नआएको साकिरले दुःखेसो पोखे । उनले भने,–“ मेरा जेठो छोरा पोलियोको शिकार भएको छ , उनको हातखुट्टा केही चल्दैन, यहाँसम्म की उठबस पनि गर्न सक्दैन । दिनरात ओछ्यानमै हुन्छ । रुबी सम्पर्क विहिन भएपछि घरमा मलाई धेरै समस्या भएको छ ।”

खाडी मुलुक कतारमा साकिरले दुई बर्ष बसेर घर फर्केका थिए । साकिर करिब ४ महिना अगाडी विदेशबाट घर आएका थिए । साकिर विदेशमै रहेका बेला रुबीको पर–पुरुषसँग सम्पर्क भएको हुनसक्ने र अहिले ती पुरुषसँगै भागेको उनको शंका जाहेर गरे ।

विदेशबाट घर आउँदा पनि सँगै बसेकी रुबीसँग कुनै प्रकारको यातना, डाँट, हप्काउने काम नगरेको तथा कहिले पनि कुनै प्रकारको वादविवाद नभएको बताउँदै साकिरले एकाएक सम्पर्क विहिन भएपछि शंकाको घेरामा बस्न बाध्य भएको सुनाए ।

केही दिन अघि मात्र प्रदेश नम्बर २ को सप्तरीबाट एक महिलाले पुरुष विदेशमा हुँदा लाखौं रुपैयाँ सहित जग्गा जमिनको पनि कागजातहरु लिएर प्रेमीसँग फरार भएको समाचार विभिन्न सँचारमाध्यमहरुमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय