जनकपुरधाम, २८ माघ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा अभ्यासरत संरचनागत विभेदलाई अन्त गर्न संविधान संशोधन अपरिहार्य रहेको बताएका छन् ।

नेपाल बौद्धिक पेशाकर्मी महासंघले आज जनकपुरमा आयोजना गरेको वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता विषयक कार्यशाला लाई सम्बोधन गर्दै अध्यक्ष यादवले वर्तमान संविधानले संरचनागत विभेदलाई संस्थागत गरेको हुँदा संशोधनको विकल्प नरहेको बताए ।

उनले वर्तमान संविधानको संघीय प्रणाली, निर्वाचन प्रणाली , शासकीय स्वरुप र न्याय प्रणाली समेत अपूर्ण र विरोधभास पूर्ण रहेको टिप्पणी गर्नु हुँदै यथा स्थितिमा मुलुक प्रति सबै जात धर्म क्षेत्र र वर्गले अपनत्व ग्रहण गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे ।

अध्यक्ष यादवले भने, ‘यो संविधान न त संविधान सभा ले जारी गरेको छ, न त जनताको समर्थन प्राप्त गरेको छ । दूई चार जनाले ड्राफ्ट गरेको किताबलाई ह्विप लगाएर पास गराइएको छ ।

त्यसैले यस संविधान प्रति जनताले अपनत्व ग्रहण गर्न सकि रहेको छैन । पद्म सम्शेरले मुलुक लाई दिएको संविधान र अहिलेको संविधान जारी गर्ने प्रक्रियामा तात्विक भिन्नता नरहेको उनको टिप्पणी थियो ।

कार्यक्रममा समाजवादी पार्टीका सह अध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन विना मुलुकले राजनीति स्थिरता प्राप्त गर्ने अवस्था नरहेकोले संविधान संशोधनको लागी शसक्तरुपमाम आन्दोलन अघि बढाउनु पर्ने बताए ।

सहअध्यक्ष श्रेष्ठले विगतमा सरकारले संविधान संशोधनको विषयमा समाजवादी पार्टी संग गरेको सम्झौता कार्यन्वयन नगरेको प्रति रोष प्रकट गर्दै भने, सहमतिमा संविधान संशोधन गर्न सरकार तयार भएन अब सडक बाहेकको विकल्प हामीसँग छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय