जनकपुरधाम । गूठीको अधिनमा रहेको गिरनारी कुटीको फुलबारीको जग्गा बिक्री गरिएको खुलेको छ । कुट्टीको १८ धुर जग्गा गुठी र सम्बन्धीत पक्षको मिलोमतोमा बिक्रि गरेपश्चात उक्त १८ धुर कुनाको जग्गालाई छाडिएर निर्माणधिन भवनलाई रोक्नको निम्ति गूठी कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय धनुषाले रोक्का गरेको रहेको जानकारी पश्चात पनि केही व्यक्ति भुमाफिया र जनप्रतिनिधिसंग मिलेर भवन बनाउन लागेपछि स्थानियले अदालत गुहारेका छन ।

कुटीको जग्गामा पुनः काम सुरु गराउने प्रयास गरेपश्चात बाध्य भएर उच्च अदालतमा मैले मुद्दा दर्ता गराएको स्थानिय युवा गणेश साह सुनाउँछन ।

हाम्रो सास्कृतिक धरोहर ईतिहास बोकेको गिरनारीको जग्गाको संरक्षण हामीले नगरे कसले गर्ने? भन्दै साह भन्छन- बलपूर्वक पुनः निर्माण कार्य अगाडी बढाउंदा विगत १५दिनदेखि रोक्का गर्दै आएको छु । आज पुनः निर्माण कार्य आरम्भ भएको देख्दा अचम्म लागेको छ ।

न्यायलयमा विचारधिन मुद्दा गूठी संस्थान र जिल्ला प्रशासनले रोकेको ठाउमा निर्माण गर्ने अधिकार कहाँबाट आयो? साहको प्रश्न छ ।

कुटीको १८धुर जमिन जोगाएर किन कुनै संरचना निर्माण गर्नु पर्यो? साहले भने – जग्गालाई चोखो बनाउन उक्त जग्गा छोडि छेउमे निर्माण किन?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय