सिरहा, २७ माघ । सिरहमा बसले ठक्कर दिदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाईकलमा सवार सिरहा नगरपालिका–३ का ४५ वर्षिय शैलेन्द्र मण्डल र २९ वर्षिय अमन मण्डल रहेको प्रहरीले जनाएको छ । उनीहरू दुवैजना जन्ती गएर घर फर्किदै गर्दा दुर्घटना भएको हो ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना. ४ ख ९२४१ नम्बरको बसले सिरहा-चोहर्वा सडकखण्डको नरहा गाउँपालिका-५ पानबारीमा सिरहातर्फ आउँदै गरेको लु. १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिएका थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय