महोत्तरी । महोत्तरीमा नेपाली काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

महोत्तरीको लोहारपट्टि नगरपालिका ४ स्थितमा कांग्रेसको बिरोध कार्यक्रमा सकेर लेउरी तर्फ मानिस लैजादै गरेको नम्बर नखुलेको ट्याक्टर बिहीबार साँझ दुर्घटना भएको हो ।

सडकबाट पल्टेको ट्याक्टरमा किचिएर ट्याक्टरमै सवार स्थानीय ५० वर्षीय जगडा भन्ने राम खेलाउन सदा माझीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ
माझीलाई ट्याक्टर चालकको सिटको भागले किचेपछि घटनास्थलमै मृत्यु भएको हो ।

उनको शवलाई जिल्ला अस्पताल जलेश्वरमा पोस्टमार्टम गरि परिवारजनको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय