लाहान । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले निष्पक्ष निर्वाचन गराउन सरकार र निर्वाचन आयोगलाई आग्रह गरेका छन् । सोमबार सिरहाको लहागनमा जनमत पार्टीले आयोजना गरेको बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै डा.राउतले यस्तो आग्रह गरेका हुन् ।

सरकारले घोषणा गरेको निर्वाचनका लागि जनमत पार्टी तयार रहेको भन्दै निर्वाचनको तयारीमा जुट्न डा.राउतले निर्देशनसमेत दिएका छन् । संसद विघटनविरुद्ध अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेकोले सर्वोच्चको निर्णयलाई आफूहरु पर्खेको बताउँदै जहिले पनि निर्वाचन हुँदा आफूहरु सशक्तरुपमा प्रस्तुत हुने बताएका छन् ।

निर्वाचन ३ महिना, ६ महिना, एक वर्ष, डेढ वर्ष जहिले भएपनि अब सबैले लाउडस्पिकर छापमा मोहर लगाएर जनता राज कायम गराउनुपर्छ, उनले भने, सरकारले निष्पक्ष निर्वाचन गराउने कुरा गर्नुपर्छ । निर्वाचन निष्पक्ष हुनुपर्ने माग गर्दै आफूहरु निर्वाचनका लागि तयारी गर्न घरदैलो जाने, जनतालाई बुझाउने र जनता राज ल्याउने दाबी गरेका छन् । जनता राजमा घर–घरमा रोजगारी दिने, शिक्षा, स्वास्थ्यको प्रबन्ध मिलाइने र समाजवाद लागू गर्ने डा.राउतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय