जनकपुरधाम । माघ ५ गते सोमबार बलिदानी दिवसको अवसरमा भोली (सोमबार) सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्रीको सँचार सचिवालयको अधिकारिक पेजमा माघ ५ गते सार्वजनिक विदा घोषणाको जानकारी अहिले भर्खरै अपडेट गरिएको हो । मधेश आन्दोलनको क्रममा शहादत दिएका वीर शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघमा बलिदानी दिवस मनाउँदै आएको छ ।

मुख्यमन्त्रीको प्रदेश सँचार सचिवालयको अनुसार सोमबार अर्थात यस वर्षको माघ ५ गते (भोली) मनाइने बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरिएको हो ।

posted by :https://www.facebook.com/102195621807521/posts/111599520867131/

प्रदेश २ सिरहा जिल्लाको लहान स्थित प्रथम मधेश आन्दोलनको क्रममा रमेश महतोले शहादत दिएको स्मरण सहित लहानमा बलिदानी दिवस मनाउँदै आएको छ । यद्यपी, प्रदेश सरकारले विभिन्न वर्षमा प्रदेश नं २ को विभिन्न ठाउँमा बलिदानी दिवस मनाउँदै छ ।

मधेशी शहिदहरुको सम्झनामा प्रत्येक वर्ष ५ गते माघको बलिदानी दिवस मनाउँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय