सिरहा । स्रोत नखुलेको करिब ३१ लाख ८९ हजार रुपैयाँसहित सिरहाबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सिरहा नगरपालिका २१ बाट उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिरहा नगरपालिका २२ हकपाराका ३९ वर्षीय शिवनाथ यादव रहेको छ ।

यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिरहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि सम्पती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको उनले बताएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय