जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधि आज गृहनगर जनकपुर आउँदैछन् ।
कोरोना महामारी सुरु भएपछि गृहनगर आउन नसकेका उपसभापति निधि लगभग १० महिनापछि जनकपुर आउन लागेका हुन्।

सडक मार्ग भएर आउन लागेका कांग्रेस उपसभापति निधिलाई महोत्तरीको बर्दिवासमा कांग्रेस नेताकार्यकर्ताहरूले स्वागत गर्नेछन् ।

जनकपुरमा उनले सहिद सत्यनारायण पाठकको शालिक अनावरण गर्ने कार्यक्रम छ ।

विद्यार्थी राजनीतिमा सक्रिय सहिद पाठकको २०४६ सालको जनआन्दोलनका क्रममा गोली लागेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय