महोत्तरी । महोत्तरीमा मोटरसाईकल आफै अनियन्त्रित भएर लडदा एकजनाको मृत्यु भएको छ । महोत्तरीको मनराशिस्वा नगरपालिका वडा नं. १ स्थित मनरा तर्फ आउदै गरेको पलसर अनटेस्ट मोटरसाईकल अनियन्त्रित भएर लडदा मोटरसाइकलको पछाडी सवार एकजनाको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

मृत्यु हुनेमा भारतको विहार राज्य जिल्ला सितामढी घर भई बारामा बस्दै आएका २२ वर्षीय रबिन्द्र पासवान रहेका छन् ।

मोटरसाईक अनियन्त्रित भएर लडदा गम्भिर घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वर लैजाँदा बाटोमै मृत्यु भएको प्रवक्ता विष्टले जनाए ।

मोटरसाईकल चलाउने भारतको विहार राज्य जिल्ला सितामढी घर भई बारामा बस्दै आएका सरोज पासवान प्रहरीको नियन्त्रणमा रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

  • तस्बिर संकेत अनुसार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय