सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), ईश्वरपुर नगर कमिटीद्वारा आयोजित अगुवा नेता तथा कार्यकर्ताहरुको बृहत भेला सम्पन्न भएको छ ।

भेलालाई सम्बोधन गर्ने क्रममा नेकपाका युवा नेता चन्द्र भुषण साहले भने, “समाज रुपान्तरण र देश विकासका लागी मुलुकमा प्राप्त उपलब्धिहरुको रक्षा एवं विकास गर्न आवश्यक छ । त्यसको लागि लोकतन्त्रको सबैभन्दा सुन्दर गहना ताजा जनादेश मार्फत अहिले मुलुक अग्रगमनको दिशामा दृढतापूर्वक अगाडि बढ्नुपर्ने अपरिहार्यता रहेको कुरा सिङ्गो पार्टी पक्तिले बुझ्न जरूरी छ ।”

पार्टी भित्रको अन्तरघात, मुलुकमा व्याप्त अस्थिरता, पश्चगमन एवं भ्रष्टाचारको विरुद्ध सशक्त संघर्ष गर्ने तथा पार्टी सुदृढ़ीकरण गर्दै प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीको मजबूत पकड़ स्थापित गर्नको लागि आजको भेला सहयोगी सिद्ध हुने नेता साहको ठहर छ ।

युवा नेता साहले भने, “मुलुकमा स्थायित्व (स्थिर सरकार) मार्फत नेपाली जनताले सुशासन, समृद्धि र विकासको लागी नेकपालाई लगभग दुई तिहाईको ऐतिहासिक जनादेश दिएको समयमा नेपाल-प्रचण्ड समुहको अन्तरघात, षड्यंत्र, जालझेल, आरजकता, अस्थिर स्वभाव र पदलोलुपताको कारण नै आज सिङ्गो देश र जनताले दुख पाईरहेको स्थिति छ ।”

कार्यक्रममा ईश्वरपुरको नगर प्रमुख मनोज कुमार देवकोटा, केन्द्रीय सदस्य राजनारायण साह लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय