जनकपुरधाम । होटल व्यवसायी संघ महोत्तरीका अध्यक्ष,पर्यटन व्यवसायी महासंघ प्रदेश नं २ का सदस्य तथा होटल शिशमहल का संचालक दिपेन्द्र पराजुली नेपाल पर्यटन बोर्ड ले स्थापना गरेको आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश नं २ को सदस्यमा नियुक्त हुनु भएको मा अगामी कार्यकाल सफलता को अग्रिम शुभकामना र बधाई व्यक्त गर्दछु ।

उहाको कार्यकालमा सोचेको भन्दा धेरै बिकास हुन्छ भन्नेमा पनि बिश्वस्त छु। नेपालको बिकास र समृद्धिको मेरुदण्ड नै पर्यटन हो । यदि पर्यटन क्षेत्रलाई प्रबर्द्धन गर्न सक्यो भने देशको मुहार फेर्न समय लाग्दैन। अहिलेको परिवेशमा नेपालले बेहोर्दै आएको ब्यापार घाटालाइ सन्तुलित गर्न पर्यटन क्षेत्रलाई अस्त्र बनाइ लागु गर्न अत्यन्त आबस्यक देखिन्छ। त्यस्का निम्ति पनि केहि योजना ल्याएर अगाडी बढनका लागी सुझाव दिन चाहन्छु।

कुनै पनि देश समृद्धि तिर लम्किनमा त्यस देशमा भएको श्रोतसाधनको उचित र अधिकतम प्रयोग गर्यो भने मात्र हुन्छ। हाम्रो देशमा पनि प्राकृतिक सौन्दर्यतालाइ पर्यटन क्षेत्रको रुपमा लगानी गरेर अगाडी बढयौ भने आज लाखौंमा आइरहेको पर्यटन भोलि करोडौंमा आउने निस्चत छ।
तपाईले लामो समय देखि होटेल व्यावसायि संघमा गर्नु भएको कामले तपाईको अनुभवको आधारमा आज तपाईले नाया जिम्मेवारी पाउनु भएको छ। आशा छ तपाईको कार्यकाल उन्नति प्रगतिले भरेर बित्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय