धनवीर महतो /गौशाला । सेभ द नेशन नामक संस्थाले महोत्तरीको गौशालाका २५ जना वालवालिकालाई जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण गरेको छ ।

शुक्रवार गौशाला ४ स्थित रामजानकी वोर्डिग स्कुलमा अध्ययनरत २५ जना वालवालिकालाई न्यानो कपडा स्वरुप ज्याकेट वितरण गरिएको हो ।

वर्दिवासका लेखापरिक्षक सन्तोष विष्टले उपलब्ध गराएको सो पोशाक एक कार्यक्रमको आयोजना गरि सो विद्यालयमा अध्ध्यनरत वालवालिकालाई वितरण गरिएको संस्थाका अध्यक्ष ईन्जिनियर निशान्त कुमार साहले बताए ।

अध्यक्ष साहले गत २०७३ सालदेखि आफनो निजी खर्चमा सो विद्यालयमा गरिव विपन्न समुदायका वालवालिकालाई अध्यापन गराउदै आएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय