• समभु पण्डित

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर माथि जनता आक्रोसित , मेयरले मनमानि ढंगले यहाकाे अस्पताल आफ्नो वाडमा लगेको आराेप लगाएको छ । नगरपालिकामा आएको योजना अन्तर्गत मिथिलेश्वर नाम उल्लेख गरि आएको वडा नं ३ मा अस्पताल स्थापना गर्ना लागि तर नगर प्रमुखले भने हामी उद्घाटन गरिसकेको अब केही हन्छ म साैचदै छ कि आश्वासन दिदै आएको बताए स्थानीय हामिहरु लगातार आन्दोलन गर्दै आए आज नगरपालिका घेराउ र झाडु प्रदर्शन गरिएको छ । मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ रहेको स्वास्थ चौकीलाई स्तर उन्नति गरी १५ सयौंको बेडको अस्पताल निर्माण गर्नका लागि आएको १८ करोडको बजेटलाई मेयर अनिल यादवले मनमानी तरीकाले आफू बस्ने गाउँ पुरन्दाहामा अस्पतालको शिलान्यास गर्दा मिथिलेश्वर बासी आक्रोशित भइ आन्दोलन गर्ने थालेको हो । आज भएको कार्यपालिकाको बैठकमा बोर्डका सदस्यहरूले जुन ठाउँको बजेट छ त्यसलाई त्यही ठाउँमा उपयोग खर्च गर्नुपर्छ भन्ने कुरामा जोड दिँदा आफैमा तानातान भइ बैठक स्थगित गरिएको छ । बोर्डका सदस्यहरूको यस्तो स्वच्छ निर्णयलाई सम्मान गर्दै बोर्डका प्रत्येक सदस्यलाई मिथिलेश्वरबासीले स:हृदय सम्मानका साथ धन्यवाद व्यक्त गरेका छन । आज नगरपालिकामा भएको १ घण्टाको धारणा कार्यक्रमलाई विराम दिंदैै मेयर अनिल माथी कारबाही हुनेगरी CDO लाई आजै निवेदन बुझाइने कुरा पनि सार्बजनिक गरिएको थियो । अस्पतालको शिलान्यास मिथिलेश्वरमा नभएसम्म यो आन्दोलन निरन्तर रूपमा चलिरहने कुरा संघर्ष समितिका सदस्यले प्रष्ट गरेका छन । भाेलिको कार्यक्रममा बारेमा सांझको छलफल पछि थाहा गराइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय