बारा । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित आधाभार जंगलमा कारको ठक्करबाट शनिबार बाघ मरेको छ ।

पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगञ्ज–पथलैया सडकखण्डमा कारको ठक्करबाट एउटा पोथी बाघ मरेको हो । हेटौंडाबाट निजगढ तर्क गइरहेको बा १६ च ८११ नम्बरको कारको ठक्करबाट माघ मरेको ईलाका प्रहरी कार्यालय सिमराले बताएको छ ।

बाघलाई ठक्कर दिने गाडी र चालक सर्लाही निवासी अजयकुमार मिश्रलाई नियन्त्रणमा लिएर निकुञ्जको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठले बताएका छन् । सडक पार गरिरहेको बाघलाई तीव्र गतिमा रहेको उक्त कारले ठक्कर दिदा बाघको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय