सिरहा । सशस्त्र प्रहरी बलका निरीक्षक अरुण भण्डारीको कमान्डमा ७ जनाको संख्यामा सशस्त्र प्रहरीका जवानहरु र सशस्त्र सिमा बलका कमान्डर रोषन बर्माको कमान्डमा सिमा निरीक्षण गरिएको हो ।

सिरहाको लगडी गडियानीमा रहेको सशस्त्र प्रहरी बल र एस.एस.वी लगडी द्वारा संयुक्त रुपमा सिमा निरीक्षण गरेको छ ।

जोइन्ट पेट्रोल शुरु भएको पिलर न २६३/१३ देखि अन्त्य पिलर न.२६४/४ मा भएको सशस्त्र प्रहरी निरीक्षक अरुण भण्डारीले जानकारी दिए ।

संयुक्त गस्तीको मुल उदेश्य सिमा अतिक्रम भएको वा नभएको हेर्ने ,सिमा स्तम्भहरुको रेखदेख र सिमा क्षेत्र बाट हुने अबैध आयात निर्यातमा रोकथाम गर्ने उदेश्य रहेको उनले बताए । महिनामा १/२ पटक संयुक्त रुपमा निरीक्षण हुँदै आएको भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय