जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकाका मेयर माथि जनता आक्रोसित , मेयरले मनमानि ढंगले यहाकाे अस्पताल आफ्नो वाडमा लगेको आराेप लगाएको छ ।

नगरपालिकामा आएको योजना अन्तर्गत मिथिलेश्वर नाम उल्लेख गरि आएको वडा नं ३ मा अस्पताल स्थापना गर्ना लागि तर नगर प्रमखले भने हामी उद्घाटन गरिसकेको अब केही हन्छ म साैचदै छ कि आश्वासन दिदै आएको बताए स्थानीय हामिहरु लगातार आन्दोलन गर्दै आए आज नगरपालिका घेराउ र झाडु प्रदर्शन गरिएको छ ।

धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकामा स्वास्थ्य चौकी अवैधानिक तरिकाले लगिएको आरोप बेतुका रहेको वडा नं १ का अध्यक्ष प्रमोद मण्डलले बताएका छन् ।

नेपाल सरकारद्वारा देशको विभिन्न पालिकामा १५ सैयाको अस्पताल शिलान्यास कार्यक्रम एकै दिन गरिएको कार्यक्रममा मिथिला विहारी नगरपालिकामा पनि २ नं वडामा गरिएको छ ।

नगरपालिकामा आएको योजना अन्तर्गत मिथिलेश्वर नाम उल्लेख गरि आएको वडा नं ३ मा अस्पताल स्थापना गर्न जग्गा १५ कठ्ठा उपलब्ध गराई दिन स्थानीय वासी लगायत वडा अध्यक्ष समेत लाई जानकारी गराएको वावजुद पनि कुनै किसिम चासो नदेख्दा जग्गा उपलब्ध नहुने अवस्थामा अस्पताल सारिएको बताइएको छ ।

उनले बाध्यतावंश वडा नं २ को माबि पर्शुराम तलाउ नजिकको जग्गा उपलब्ध गरि शिलान्यास गरिएको बताए । वास्तवमा विकास बिरोधीहरु कुनै किसिमको बिकास नहोस् सोच राखेर यी आन्दोलन गर्न लागेको वडा अध्यक्ष मण्डलले बताए ।

केही दिन अगाडि पर्शुराममा करिब ८ करोडको बजेट आउदा यी बिकास बिरोधीहरुको कारण रकम फ्रीज भएको बताएका छ्न । “आन्दोलन गर्न आउन सबै संग आग्रह गर्न चाहन्छु मिथलेशवर र पुरन्दाहा कुनै दुरि नरहेको त्यसै कुनै ठाउमा अस्पताल बन्दा नगरवासीमा फाइदा हुनेछ” वडा अध्यक्षले थपे ।

यता वडा नं ३ का वासिन्दाहरु अस्पताल बिना कार्यपालिका निर्णय बिना यो अस्पताल मिथलेशवरमा स्थापना हुन पर्ने भन्दै माग राखी विभिन्न किसिमका आन्दोलन गर्दै आएका छ्न ।

मिथिला बिहारी नगरपालिकामा
मेयरले मन्मनी ढंगले स्वास्थ्य चौकी लगेपछि, स्थानीयले चर्को आन्दोलन ,नगरपालिका अगाडि झाडु लिएर प्रदर्शन गरिएको थियो ।

  • भिडियो हेर्नुहोस

https://www.facebook.com/111658616892988/posts/467147121344134/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय