सोयाबिनको तेल बरामद तिलको तेल भनेर सोयाबिन तेल बेचने बरनवालद्वय पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जमा सञ्चालित दुई घरेलु उद्योगमा छापामारी गरेर लाखौँ बराबरको सोयाबिनको तेल बरामद गरेको छ ।

दुवै उद्योगले सोयाबिन तेललाई तिलको तेलको डब्बामा रिप्याकेजिङ्ग गरेर बजारमा थोक मात्रामा बेच्दै आएका थिए ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ आदर्श टोलमा सञ्चालित त्रिदेव रिप्याकेजिङ्ग उद्योग र शिवशक्ति रिप्याकेजिङ्ग उद्योगमा छापामारी गरेर लाखौँ मूल्य बराबरको सोयाबिन तेल बरामद गरेको हो ।

भारतबाट ठूलो मात्रामा सोयाबिनको तेल आयात गरेर दुवै उद्योगले त्यसलाई रिप्याकेजिङ्ग गरेर तिलको तेलको डब्बामा राखेर बजारमा बच्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय