जनमपुरधाम । सरकारसँग सोमबार भएको सहमतिप्रति असन्तुष्ट रहेका एक उखु किसान नारायण राय यादवको हृदयाघातका कारण मृत्यु भएको छ।

सर्लाहीका किसान यादवको गंगालाल मुटु अस्पतालमा आज बिहान करिब १० बजे मृत्यु भएको हो।

उनका छिमेकी गाउँका जनता समाजवादी पार्टीको विद्यार्थी संघका अध्यक्ष मनिष मिश्रले यादवको हृदयघातका कारण मृत्यु भएको बताए।

‘हिजो राति नै मलाई गाह्रो भयो भन्नुभयो। सुरुमा उहाँलाई हेल्दी होममा लग्यौं। त्यहाँबाट रिफर भएर गंगालाल अस्पतालमा भर्ना गरिएको थियो,’ मिश्रले नेपालखबरसंग भने ‘करिब ६३ वर्षको उहाँ कृष्ण प्रणामी मन्दिर गोठाटारमा बस्दै आउनु भएको थियो। विहान साढे नौ १० बजेतिर उहाँको निधन भयो।’

मिश्रका अनुसार यादव सरकारसँगको सहमतिपछि पनि असन्तुष्ट थिए।

वर्षौदेखी बिक्रि गरेको उखुको पैसा नपाएपछि उनी काठमाडौंमा आएर धर्ना तथा आन्दोलनमा सहभागी थिए।

यादवले अन्नपूर्ण सुगरमिलबाट करिब २५ लाख बक्यौता लिन बाँकी थियो। जसमध्ये उनले १ लाख ६० हजार रुपैयाँ मात्र पाएका छन्।

यो पनि पढनु हाेला :
https://www.hamrojanakpur.com/poltics/13689/

https://www.hamrojanakpur.com/poltics/13182/

https://www.hamrojanakpur.com/poltics/13157/

https://www.hamrojanakpur.com/poltics/13061/

https://www.hamrojanakpur.com/poltics/12954/

https://www.hamrojanakpur.com/social/855/

https://www.hamrojanakpur.com/poltics/834/

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय