जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नं. ९ बडहरीमा मोटरसाइकलको ठक्कर लागेपछि एक जना पैदल यात्री घटनास्थमै मृत्यु भएको हाे ।

सोमबार १२ बजे अन्दाजी धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ९ स्थित पूर्व–पश्चिम राजमार्गमा लालगढबाट ढल्केवरतर्फ आउँदै गरेको ज ३ प ८१७७ नम्बरको मोटरसाइकलको ठक्कर लागेपछि पैदल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट सख्त घाइते भएका भुजेललाई तत्कालै उपचारका लागि लालगढस्थित मोडेल अस्पताल पु¥याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको थियो ।

माेटरसाइकलकाे ठक्करबाट महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. २ बस्ने बर्ष ६० को भक्तबहादुर भुजेलको घटनास्थमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ३ बस्ने जीवनप्रसाद साह समेत घाइते भएकोले उपचारका लागि उनलाई लालगढको मोडेल हस्पिटलमा भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय