जनकपुरधाम । नवनियुक्त शहरी विकासमन्त्री प्रभु साहले जनता गाउँ छाडेर शहरतिर आकर्षित भइरहेकाले नयाँ शहर स्थापना गरिने बताएका छन् ।नवनियुक्त मन्त्री प्रभु साह भन्छन्- जनताले गाउँ छाेड्नुपर्दैन, अब गाउँलाई नै शहर बनाउँछाैँनवनियुक्त शहरी विकासमन्त्री प्रभु साह ।

मन्त्रालयमा आइतबार पद बहालीपछि आयोजित स्वागत एवं बिदाइ कार्यक्रममा उनले यसअघि २०७४ सालमा मन्त्रालय सम्हालेका बेला विभिन्न स्थानमा नयाँ शहर निर्माण गर्ने निर्णय गरेको स्मरण गरे ।त्यसबेला जोखिम मोलेर भए पनि विकासका लागि आफूले शहर बनाउने स्थान तोकेको उनकाे भनाइ थियो ।’सही कामका लागि जोखिम मोल्न जनप्रतिनिधि र कर्मचारी तयार हुनुपर्छ, यस्तो नभएकैले सम्पन्न विदेशतिर र विपन्न विचलित हुने अवस्था छ, अब यसलाई रोक्नुपर्छ’, उनले भने । २८ असोजदेखि शहरी विकास मन्त्रालयको कार्यभार सम्हाली १० पुसको मन्त्रिमण्डल पुनर्गठनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनृेका कृष्णगोपाल श्रेष्ठले तलैबाट मन्त्री बनेकाले सधैँ तल्लो वर्गलाई हेर्नुपर्नेमा जोड दिए ।

शहरी विकास मन्त्रालयबाट बिदाइ हुँदै उनले सन्थाल बस्तीमा आवास निर्माण गर्ने, राजधानीका विभिन्न स्थानमा साइकल लेन बनाउने कामलाई मन्त्रालयले प्राथमिकता दिनुपर्ने सुझाव दिए ।ललितपुर महानगरपालिकाले मन्त्री निवास पुल्चोकअघि साइकल लेन निर्माण गरेकाले अरु नगरपालिकालाई पनि कार्यान्वयनका लागि प्रोत्साहन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताए।गौरवका आयोजनाका रुपमा रहेको गोदावरी नपामा तीन हजार सिट क्षमताको गोदावरी अन्तर्राष्ट्रिय सभागृह निर्माणले माघमा अन्तिम रूप पाउने गरी काम अघि बढाउन आफूले निर्देशन दिएको उनले बताए ।राज्यमन्त्री रामवीर मानन्धरले मुखले बोलेको कुरालाई कार्यान्वयन गराउन आफू लागिपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय