सांकेतिक फोटो

धरान । सुनसरीको धरानबाट मेडिकल हल संचालक रंगेहात पक्राउ परेका छन् । धरान उप–महानगरपालिका वडा नम्बर १५ सदन रोडमा संचालित मुसरत मेडिकल हलका संचालक अनाधिकृत औषधी बेचबिखन गरेको आरोपमा पक्राउ परेका हुन् ।

मेडिकल हलका संचालक भोक्राहा नरसिंह गाउँपालिका– ६ का २७ बर्षीय सौजात आलमले आफ्नै मेडिकल हलबाट अनाधिकृत औषधी बेचबिखन गरिरहेको भन्ने सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो ।

अबैध औषधी सहित पक्राउ परेका आलमलाई आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था विभाग विराटनगर बुझाउने तयारी भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय