• रबिन्द्र प्रजापति

रौतहट ।रौतहटमा सवारी चालक अनुमति पत्र लाइसेसन्स विना नै अधिकांश अटो रिक्सा निर्वाध रुपमा सञ्चालन भइरहेको पाइएको छ ।
जिल्लाका शहर बजारदेखी गाउँघरसम्म पुग्नलाई सबभन्दा सस्तो र भरपर्दो सवारीको रुपमा अटोलाई नै लिने गरिन्छ ।

जिल्लाको शहर बजारदेखी ग्रामिण भेगसम्म अटो रिक्साका कारण आवत जावत गर्न सबैलाई सहज भएको छ तर अटो चलाउने अधिकांश चालकसँग सवारी चालक अनुमति पत्र लाइसेन्स नै छैन ।
जिल्लामा अटो रिक्सा चलाउने लगभग ७५ प्रतिशत चालकसँग सवारी लाइसेन्स नहुँदा दुर्घटनाको जोखिम समेत उतिकै रहेको देखिएको छ ।
जिल्लाका प्रमुख शहर गौर, गरुडा, कटहरिया, समनपुर, चन्द्रनिगाहपुर लगाएत क्षेत्रमा चल्ने अधिकांश चालकसँग चालक अनुमति पत्र लाइसेन्स नभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

अधिकांश चालकले अनुमतिपत्र विना नै अटो रिक्सा चलाउने गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले नियमनमा कडाइ गरेको छ ।
विना चालक अनुमतिपत्रको अटो रिक्सा चलाउदा सवारी दुर्घटना बढेको भन्दै लाइसेन्स विना अटो रिक्सा चलाउन रोक लगाउनुपर्ने स्थानीयहरुले बताएका छन ।
प्रहरीले यस प्रति खासै ध्यान नदिएको स्थानीयहरुको भनाइ छ ।
अन्य सवारीसाधन भन्दा अटोको भाडा सस्तो हुने गर्दछ त्यसैले कतै जानुपर्दा यात्रुको अटो नै पहिलो रोजाई हुने गर्दछ जसका कारण जिल्लाका शहर बजार देखी गाउँसम्म अटो रिक्साको चाप बढेको छ ।
दिनप्रति दिन अटो रिक्साको चाप बढदै गएको र ट्राफिक नियमको उल्लंघन समेत धेरै मात्रामा हुँदा दुर्घटना समेत बढेपछि सिमित गतिमा चलाउन, तोकिएको स्थानमा मात्र पार्किंग गर्न, रुट परमिट लिन र भाडा दर टाँस गर्न समेत अनिवार्य नभएको कारण अटो रिक्सा चालकहरुको मनोमानी बढेको पाइएको हो ।
अटो रिक्सालाई व्यवस्थि तगर्न सके शहर बजारमा सवारी दुर्घटनामा समेत कमी आउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय