• रबिन्द्र प्रजापति

रौतहट । संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी, नेपालले आइतवार रौतहट सहित देशैभरी विशाल विरोध प्रदर्शन गरेका छन ।
पार्टिको पुर्व निर्धारित कार्यक्रम अनुसार जसपाले संसद विघटनको विरुद्धमा आइतवार ७७ ओटै जिल्लामा विरोध प्रर्दशन गरेका छन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटन गर्न सिफारिस गरेपछि जनता समाजवादी पार्टी त्यसको विरुद्धमा आन्दोलनमा उत्रेका छन ।
संसद पुर्नस्थापना गर्ने माग राखेर जसपा आन्दोलनमा उत्रेका छन ।

जनता समाजवादी पार्टी रौतहटका नेता कार्यकर्ताहरुले आइतवार जिल्लाको प्रमुख व्यापारीक केन्द्र गरुडामा विशाल जनप्रदर्शन गरेका छन ।
जनप्रदर्शनमा सहभागिहरुले संसद विघटन खारेज गर, संसद पुर्नस्थापना गर जस्ता नारावाजी गरेका छन ।
प्रदर्शनकारीहरुले केपी ओली सरकार विरुद्ध कडा नारावाजी गर्दै पुरै गरुडा बजारभरी परिक्रर्मा गरेका थिए ।
गत ५ गते सरकारले संसद विघटन गर्दै निर्वाचनमा जाने घोषणा गरे संगै त्यसको विरुद्धमा जसपामा प्रर्दशनमा उत्रिएका हुन ।
जसपाले यसअघि पुष १० गते सबै जिल्ला सदरमुकामहरुमा प्रधानमन्त्री र राष्टपतिको पुतला जलाएका थिए भने ११ गते साझ मसाल जुलुस प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्रीले संसद विघटन गरे संगै सतारुढ दल नेकपा विभाजन हुन पुगेको छ भने प्रतिपक्षी काग्रेस र जसपा सरकार विरुद्ध प्रर्दशनमा उत्रिएका छन ।
आइतवार भएको प्रदर्शनमा जसपाबाट निर्वाचित विभिन्न प्रदेश सांसद, मेयर, उपमेयर, वडाअध्यक्षहरु सहित पार्टीका सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय