सांकेतिक तस्बिर

जनकपुरधाम । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल आजदेखि सञ्चालन हुँदैछन् ।

गत वर्षको चैत दोस्रो सातादेखि बन्द रहेका हल सञ्चालकहरूले आन्दोलनका रूपमा आजदेखि खुला गर्ने भएका हुन् । चैत ११ गते लकडाउन घोषणा हुनुअगावै देशभरिका सिनेमा हल एक साथ बन्द गरिएका थिए ।

सरकारको आग्रह र हल सञ्चालकहरूले कोरोना महामारीलाई मध्येनजर गर्दै नेपाल चलचित्र संघले चैत ६ गतेदेखि नै हल बन्द गरेका थिए ।

यता सरकारकै तर्फबाट पनि ठूला सभा र विभिन्न दलका आन्दोलन भइरहँदा पनि संक्रमण देखाएर सिनेमा हल बन्द राखिएपछि संघले आजबाट हल सञ्चानल गर्न लागेका हुन् ।

आजबाट हल सञ्चालन गर्ने तयारी गर्दै बिहीबार सरसफाइ गरिएको थियो । आज दुई नेपाली चलचित्र ‘आमा’ र ‘सेन्टिभाइरस’ पुनः रिलिज गरिने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय