जनकपुरधाम । जनकपुरको मिथिला डिपार्टमेंटमा भिषण आगलगी भएको छ । आगलागी सुरु भएको आधा घण्टा पछि तीन बारुण यन्त्र आइपुगेको छ ।

विभिन्न स्थानबाट आएका ४ वटा वारुण यन्त्रको मदतले आगो निभाउने कार्य जारी रहेको छ ।

आगो नियन्त्रणमा आएपनि अहिले पुर्ण रुपमा आगो निभेको छैन् ।

आगलागी नियन्त्रणका लागि धनुषाधाम नगरपालिका, क्षीरेश्वरनाथ नगरपालिका, जनकपुर एयरपोर्ट र महोत्तरीको जलेश्वरबाट बारुण यन्त्र ल्याइएको छ ।

मेयरको लागि जनकपुरधाममा करोडौँको गाडीको व्यवस्था गरेपनि अति आवश्यक वस्तुलाई वेवास्ता गरिएको छ ।

अहिले सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । आगलागीबाट करोडौंको क्षति हुने अनुमान छ ।

थप विवरण आउन बाकी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय