काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुवै समूहको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।

चुनावी प्रकृयामा गएको प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली समूहको बैठक बालुवाटारमा बस्ने छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको बैठक कार्की पार्टी प्यालेस बबरमहलमा बस्ने भएको छ ।

ओली पक्षको मंगलबारको बैठकले पार्टीको विधान संशोधन गरी प्रवक्तामा नारायणकाजी श्रेष्ठ हटाएर प्रदिप ज्ञवालीलाई नियुक्त गरेको छ। यस्तै उक्त समूहले अर्को वर्ष मंसिर २ देखि ७ सम्म काठमाडौंमा हुने गरी पार्टी महाधिवेसनका लागि ५ सय ५६ केन्द्रीय सदस्यहरु मनोनितसमेत गरेको थियो ।

प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई कारवाही गरीसकेको छ। उनको ठाउँमा अध्यक्षमा माधवकुमार नेपाल र संसदीय दलको नेतामा प्रचण्डलाई नियुक्ति गरेको छ ।

केन्द्रीय सदस्य संख्याको आधारमा ओली अल्पमतमा रहेका छन्। प्रचण्ड(नेपाल समूहले बहुमत केन्द्रीय सदस्यहरू सहित सरकार गठनको तयारी गरिरहेको बताइएको छ। दुवैपक्षले आ–आफ्नो आधिकारिकता र चुनाव चिह्न सूर्यमा दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय