बुधबार योहो टेलिभिजनका लागि जीवराम भण्डारीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरे ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको चलखेल भए थप कदम चाल्ने चेतावनी दिएका छन् ।

बुधबार योहो टेलिभिजनका लागि जीवराम भण्डारीलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनसम्बन्धी आफूले चालेको कदम वैध भएको दावी पनि गरे ।

उनले अव चुनाको माहोल बनेकाले मिलेर जान पनि आह्वान गरे । प्रदेशमा अविश्वासको प्रस्ताव आउन सक्ने सम्भावना देखिएको हो भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँहरुले प्रदेशमा पनि कदम चाल्नुभयो भने मैले थप कदम चाल्नुपर्ने हुन्छ ।’

पार्टीभित्रको अहिलेको कलह प्रचण्ड-माधव समूहको पद र प्रतिष्ठाको उपज भएको उनले बताए । आफू विरामी हुँदा पनि आरामदायी कुर्सीमा बस्दा पनि ईष्या गरिएको बताउँदै उनले भने-‘माधव जीलाई मैले तृतिय अध्यक्ष त प्रस्ताव गरेकै हो अहिले द्धितिय अध्यक्ष बन्नु भएछ, सोफा पनि राम्रै देखिएको थियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय