महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिकामा आज पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

दिउँसो करिब २ बजेतिर आफ्नै घरको आँगनमा घस्रेर खेल्दै गरेकी बालिका घर अगाडि रहेको खानेपानी चापाकलको खाल्डोमा जमेको पानीमा घस्रदै गएर डुबेपछि उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका वडा नम्बर २ बस्ने राजु रामकी छोरी एक वर्षीया अस्मिता कुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

पानीमा डुबेर गम्भीर भएकी बालिकालाई परिवारजनले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय