टीकापुर घटनाबारे बोलेन जसपा, संसद् विघटनविरुद्ध भने राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला जलाउने

जनकपुरधाम । जनता समाजवादी पार्टीले संसद विघटनविरुद्ध आन्दोलन घोषणा गरेको छ। मंगलबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पुस ८ देखि १२ गतेसम्मको आन्दोलन कार्यक्रम घोषणा गरेको हो।

पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने निर्णय भएको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए । जसपाले संसद अझै जीवित रहेको निश्कर्ष निकाल्दै अधिवेशन आह्वान गर्न सभामुखलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।

बैठकपछि पार्टीको संघीय परिषदका अध्यक्ष डा. भट्टराईले संसद अहिले पनि जीवित रहेको निश्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय