• रबिन्द्र प्रजापति

रौतहट । प्रतिनिधिसभा विघटन विरुद्ध देशब्यापी आन्दोलनको घोषणा गरेको जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश नं २ मा विरोध प्रदर्शन गरेको छ । संसद बिघटन गर्ने प्रधानमन्त्री के पी शर्मा ओलीको कदम पछि आन्दोलन घोषणा गरेको ज स पा का नेताहरुले देशव्यापी विरोध प्रदर्शन अन्तर्गत बुधबार प्रदेश २ को आठै जिल्लामा एकसाथ विरोध प्रदर्शन गरेको हो ।

रौतहटको गौर , सप्तरीको राजविराज, जनकपुर, महोत्तरीको जलेश्वर, पर्साको वीरगञ्जसहित प्रदेश २ को आठै जिल्लामा संसद विघटनको विरुद्धमा जसपाले प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनमा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, वीर सहिद अमर रहुन, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सांसद रेशम चौधरीलगायतका राजबन्दीहरूलाई रिहा गर, झूठो मुद्दा खारेज गर, जसपा नेपाल जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।

असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरिएको भन्दै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । प्रदेश २ को विभिन्न स्थानमा भएको प्रदर्शनको कोणसभामा जसपाका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका छन् । कोणसभामा बोल्दै नेताहरुले प्रतिनिधिसभा विघटन फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन्

भिडियो सहित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय