जनकपुरधाम । साउदी जान लागेका युवाहरुसंग चर्को रकम अशुली गर्दैगर्दा काठमाडौँको धुम्बाराही स्थित मनाश्लुबमबब इन्टरनेशनल सर्भिस प्रालिमा वैदेशिक रोजगार बिभागले छापा हानेको छ ।

साउदीको हेल्दी फुड्स को. एलटिडीमा कफी मेकर पदमा जान लागेका युवाहरुसँग म्यानपावरका अप्रेशन म्यानेजर तिर्थराज ओझाले प्रतिव्यक्ति एक लाख भन्दा बढी पैसा मागेका थिए । ‘पैसा नदिए भिसा क्यान्सिल गर्दिने’ धम्कि दिएपछि पिडितहरुले वैदेशिक रोजगार बिभागमा उजुरी दिएका थिए ।

पिडितहरुको उजुरीपछि वैदेशिक रोजगार बिभागले मंगलबार साँझ करिव साढे ५ बजेतिर म्यानपावरमा आकस्मिक छापा हानेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय