धनुषा । जनकपुर-ढल्केवर सडक खण्ड महेन्द्रनगर स्थित ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सहित दुई जना गम्भीर घाईते भएको छ । धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर स्थिति जनकपुरबाट ढल्केवर तिर गईरहेको ना ९ प ७८७ नम्बरको मोटरसाईकललाई बाटो काटने क्रममा ना १ क ६७३२ नम्बरको ट्रकले ठक्कर दिएको छ ।

ट्रकको ठक्करबाट वटेश्वर गाउँपालिका वडा नम्बर ५ कालिपुर बस्ने मोटरसाईकल चालक उदय ठाकुर र पछाडी सवार गंगाा ठाकुर घाईते भएको छ । घाईतेहरुलाई उपचारको लागि जनकपुर पठाईएको छ भने ट्रक र मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय