• नरेन्द्र महताे

गाैशाला । महाेतरी जिल्लाकाे साेनमा गाउँपालिका स्थित रहेका नेपाल शिक्षक संघकाे बैठक श्री ने. रा. प्रा. वि. वडा न. १ साेनमा सम्पन्न भएकाे अध्यक्ष दायाराम यादवले बताएका छन ।

अध्यक्ष दायाराम यादवकाे अध्यक्षता बसेकाे वैठकले विभिन्न प्रस्ताव सर्वसहमतिले पास गरेका छन ।उक्त प्रस्तावहरुमा लेखापाल विरेन्द्र यादवकाे स्वास्थ्य लाभकाे कामना गरेका छन यस्तै गाउँपालिकाले शिक्षकलाई सरुवा गर्ने सम्वन्धमा, स्वास्थ्य सामाग्री, खाजा रकम, खेलकुद सामाग्रि, स्वंमसेवक शिक्षक, शिक्षण सहयाेगकाे अनुदान, बैठक, कार्यालय व्यवस्था, विधालय कर्मचारी तथा वालविकास, स्यानेटरी पैड, शिक्षककाे बजेट र पाेशाक सम्वन्धमा प्रस्ताव गरेकाे छन र प्रस्तावहरु माथि छलफल गर्दा गाउँपालिका शिक्षा संयाेजक सँग समय लिई डेलिगेसन गर्न पनि निर्णय सर्वसहमति बाट भएकाे यादवले जनाएका छन।

साे वैठकमा पदाधिकारि सहित शिक्षक ,शिक्षिकाहरुकाे उपस्थित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय