काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले उखु किसानको बक्यौता तुरुन्त भुक्तानी दिन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै किसानले पाउनुपर्ने रकम सरकारले तत्कालै भुक्तानी दिएर उखु खरिदकर्ता उद्यमीबाट पछि सरकारले असुल उपर गर्न स्थानीय प्रशासन र नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।

सरकारको निर्देशन पालना नगर्ने र उखु किसानको उखु लिएर बक्यौता रकम भुक्तानी नगर्ने व्यवसायीलाई तत्काल कानुनको दायरामा ल्याएर कारबाही गर्न अनुरोध गरिएको छ ।

किसानका हक अधिकारका सम्बन्धमा व्यवस्था गरिएका कानुनको प्रभावकारी कार्यान्वयन गर्न, उखु किसानका समस्याको समाधानमा संवेदनशील हुन, किसानको श्रमको सम्मान गर्न, विगतमा भएका सम्झौताको कार्यान्वयन गरी किसानको मौलिक हक र मानवअधिकार संरक्षण गर्न सरकार र चिनी उत्पादक कम्पनीसँग आयोगले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय