जनकपुरधाम । जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदानमा भगवान राम र सीताको स्वयम्बर सप्पन्न भएको छ । डोलाफेर गरी आज त्रेता युगमा जस्तै जनकपुरमा राम र सीताको स्वयम्बर भएको हो ।बाह्रविघाम मैदानमा डोला फेर गरी भएको रामसीताको स्वयम्बर हेर्न हजरौंको संख्यामा यसवर्ष पनि श्रद्धालुभक्तजनहरुको घुइँचो लागेको थियो । बाह्रविघामा स्वयम्बर पश्चात निस्केको दुबै डोल जनकपुरको परिक्रमा गरी जानकी मन्दिर पुगेको छ ।राम मन्दिरबाट भगवान रामको डोल र जानकी मन्दिरबाट जानकीको झाकी किर्तन, बाजागाजासहित निस्केर बाह्रविघाम मैदानमा पुगेपछि डोला फेर गरी स्वयम्बर हुने गर्दछ ।साँझदेखि जानकी मन्दिर प्रांगणमा बनाइएको विवाहमण्डपमा राम र जानकीको विवाहको काज सुरु हुने छ । त्यहाँ हजारौं श्रद्धालुहरु रातभर जग्राम बसेर राम र जानकीको विवाह हेरेर रमाउने गर्दछन् ।मिथिालको वैदिक परम्परा अनुसार विवाह गरिन्छ । जहाँ सुमधुर गीतसंगीत झाँकी र मिथिलाको गाली गीत जन्तीलाई सुनाएर मजाक गर्ने कथन तथा रमाउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय