जनकपुरधाम । सर्लाहीका उखु किसानहरुले हलो र जुवा साथमा लिएर काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

किसानहरुले मङ्सिर २८ देखि काठमाडौंको माइतीघरमा आफ्ना मागको चाँडो सम्बोधन हुनुपर्ने मागसहित प्रदर्शन सुरु गरेका थिए । आन्दोलनरत किसानहरुले विभिन्न मागसहितका नारा लेखेका प्लेकार्ड छातीमा झुन्ड्याउनुका साथै बिहीबार हलो जोतिरहेको अर्थ दिने गरी हलो र जुवासमेत प्रदर्शन स्थलमा राखेका थिए ।

आज काठमाडौंको माइतीघरमा चिनी उद्योगलाई उखु बेचेको रकम पाउनुपर्ने माग सर्लाहीका आन्दोलनरत किसानले हलो, जुवा देखाउँदै र सडक नाटक हेर्दै सरकारविरुद्ध विरोध प्रदर्शन गरे ।

त्यसैगरी आजै कलाकारको एउटा समूहले किसानको मागलाई समर्थन जनाउँदै उखु किसानको कथामा आधारित सडक नाटक देखाएक थिए । आफ्नो कथा सडक नाटकमार्फत कलाकारहरुले देखाउदै गर्दै किसानहरु चासोपूर्वक हेरेका थिए । आन्दोलनरत किसानहरु कहिले मुस्कुराउँदै नाटक हेरेका थिए भने कहिले भावुक बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय