• समभु पण्डित

हाम्रो जनकपुर /जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिकाको तिन वटै वडामा जनमत पार्टीको अधिबेशन सम्पन्न भएको छ। सबैला नगरपालिका २ खुल्ला मञ्चमा बुधबार भएको वडा अधिबेशनबाट श्रीमती सावित्री देवि साहको अध्यक्षतामा १५ सदस्यीय समिती गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा नरायन प्रसाद नायक , सचिवमा शिवहरी यादव चयन भएका छन् । त्यस्तै वडा नम्बर २ अन्तर्गतका सबै टोलहरुमा टोल समिती पनि गठन गरिएको छ ।

धनुषाको सबैला बजारकाे खुल्ला मञ्चमा आयोजित कार्यक्रममा जनमत पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सबिता साह जनमत संघको केन्द्रिय सदस्य लगायतका नेता कर्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

बिगत ७० साल पुर्व देखि संघर्षरत रहेको मधेशी समुदायका हजारौं वीर सपुतहरुले बलिदान दिएपनि नेताहरुको स्वार्थका कारण जनता सदैव धोका खाएको भन्दै अबको एक मात्र विकल्प जनमत पार्टी रहेकोले जनमत पार्टी नै मधेशी जनताको अधिकार सुनिश्चित गर्ने जनमत विद्यार्थी संघका केन्द्रिय इन्चार्ज सबित साह् बताए । त्यस्तै वर्तमान अवस्थामा कुनै न कुनै वडा तथा पालिकामा जनमत पार्टी बाहेक सबै पार्टीको सरकार रहेको छ तर पनि कुनै एक वडा पनि नमुना बनाउन नसकिएको दावी गर्दै भिजन विनाको जनप्रतिनिधी भएकोले राम्रो काम हुन नसकेको युवा नेताले बताए । त्यसैले अब हामीले बैज्ञानिक द्वारा नेतृत्वको पार्टी जनमत पार्टीमा लाग्नु पर्ने देखिएको साहले बताए ।

१३ वटा वडा रहेको सबैला नगरपालिकाको १ वटै वडामा अधिबेशन सम्पन्न भैसकेको छ । वडा न. १ को अध्यक्षमा राकेश राउत, वडा न. २ को अध्यक्षमा नरायन प्रसाद नायक , वडा न. ३ को अध्यक्षमा सबिता साह चयन भएको हो ।
सबै वडामा अधिबेशन सम्पन भैसकेकोले चाडै नगरपालिका परिषद गर्ने गरि तयारी भैरहेको साहले बताए ।

उक्त कार्यक्रममा प्रमुख अतिथी जनमत पार्टी जिल्ला इन्चार्ज अनिता सह जिल्ला अध्यक्ष दिप नारायण यादव बिधाथी जनमत संग अधक्ष्य विजय यादव क्षेत्र इन्चार्ज बल कृष्ण साह नगर अधक्ष्य संजय परधान जनमत पार्टी सबैला न पा २ का अध्य्क्ष नरायन नायक , सबैला न.पा ३ अध्यक्ष श्रीमती सावित्री देवि साह उदघाेषक कैलाश साह लगायत स्थानीय वासिन्दाहरुको उपस्थिथि रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय