जनकपुरधाम । स्थानीय किसानले धान सडकमै थ्रेसर लगाइ पेल्ने गर्छन्। थ्रेसरले उछिट्याउने पराल विद्युतको तारमाथि पर्छ र लटपटिन्छ ।

धान पेल्ने थ्रेसरबाट निस्कने पराल विद्युतको तरामा अल्झिएका कारण नेपाल विद्युत प्राधिकरण र स्थानीयवासीहरू समस्यामा पर्दै आएका छन्। विद्युतको तारमा हरियो पराल अल्झिदा आगो लाग्ने र हाई भोल्टेजका कारण ट्रान्फर्मरमा सर्ट सर्किट समस्या उत्पन्न हुन्छ ।

विद्युत अवरुद्ध हुने, विद्युतीय मोटर जल्ने, मिटर जल्ने वा बिग्रने घरमा भएका अन्य विद्युतीय सामग्री विग्रिने समस्या बढदै गएको छ । स्थानीय किसानले धान थ्रेसरबाट जथाभावि सडकमै पेल्ने गरेका कारण आइपर्ने समस्यालाई समाधान गर्न नेपाल विद्युत प्राधिकरण जनकपुरका कर्मचारीहरू स्थानीय किसानलाई सम्झाइ बुझाइ गर्न थालेका छन् ।

तर किसानहरूले अटेर गरिरहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख राम प्रमोद साहले बताए । प्रमुख साहले भने–किसानहरूले गरेका गल्तीले गर्दा सवै सेवाग्राहीलाई मर्का परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय