जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा विद्यालयको भवन शिलान्यास र छात्रालाई साइकल वितरण गरिएको छ।

धनुषाको हंसपुर नगरपालिका ९ स्थित मावि रूदौलीमा सुविधा सम्पन्न ४ कोठे भवन बन्ने भएको छ ।

आज एक समारोहबीच आज मेयर रामज्ञान मण्डल, उपमेयर रेणु झा र प्रदेश सांसद राम अशिष यादवले संयुक्त रुपमा भवनको शिलान्यास गरेका हुन् । करिब ४८ लाखको लागतमा चालु आर्थिक वर्षमै भवन निर्माण गर्नेगरी ठेक्का लागेको छ ।

यस्तै सोही विद्यालयमा अध्ययनरत कक्षा ८ की ५० छात्रालाई मेयर मण्डलले साइकल समेत वितरण गरे । विद्यालयको भवन शिलान्यास र छात्रालाई साइकल वितरण गरेपछि मेयर मण्डललाई अभिभावक तथा शिक्षकहरु धन्यवाद ज्ञापन गरेका छन् ।

मेयर मण्डलले नगरपालिकाका सबै सामुदायिक विद्यालयको सुधार अभियानमा लागेको बताए । उनले शिक्षा क्षेत्र सुधार भएपछि मात्र समाज र देश समृद्ध बन्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय