सर्लाही । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा साबिक कौडेना– ६ सक्रौलनिवासी ३५ वर्षका प्रमोद रायको मृत्यु भएको हो ।
मंगलबार नयाँरोड मधुवनी सडक खण्डअन्तर्गत बरहथवाबाट गडहियातर्फ जाँदै गरेको बिआर ३० यू४१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट १० मिटर तल खस्दा चालक राय गम्भीर घाइते भएका थिए ।
उनको उपचारको क्रममा बरहथवामा मृत्यु भएको प्रहरीले जनाएको छ । रायले चलाएको मोटरसाइकल तीव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ
मृतक रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

संकेत तस्बिर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय