जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिकाको वडा नं. ३ स्थित रहेको जनता एकाई प्राविधिक विद्यालयका विद्यार्थीहरुले शैक्षिक भ्रमणको माग राखदै ज्ञापनपत्र बुझाएका छन् ।

कोरोनाका कारण विद्यार्थीहरुको मानसिक स्थितिमा समेत असर परेको भन्दै शैक्षिक भ्रमणको लागि आग्रह पनि गरिए विद्यार्थी अगुवा रितेश यादवले बताएका हाे । उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि वडाध्यक्ष मण्डल नै रहेको भन्दै उनलाई पनि गुहारेको बताए ।

निवेदन बुझ्दै वडाध्यक्ष एवम् उपप्रमुखले यस निवेदनलाई कार्यपालिकाको बैठकमा लगेर विद्यार्थीहरुको शैक्षिक भ्रमणको बारेमा प्रस्ताव राखेपछि मात्र भन्न सकिने प्रतिक्रिया दिएको यादवले बताए ।

विद्यार्थी रितेश कुमार यादवको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले शहिदनगर नगरपालिकाकी उपप्रमुख शिला देवी कापर तथा वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डललाई एक निवेदन दिँदै शैक्षिक भ्रमण गराइदिन माग गरेको हो ।

उनले २२ जना विद्यार्थीहरुको लागि शैक्षिक भ्रमणको व्यवस्था मिलाइदिन आग्रह पनि गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय