• रविन्द्र कुमार पटेल

रौतहट । रौतहटको गरुडा नगरपालिका स्थित श्रीराम सुगर मिल्सको प्राङ्गनमा २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका राजा आउँ देश बचाउँ नाराका साथ आम सभा सम्पन्न भएको छ ।
रौतहटको गरुडामा “राजा आउ,देश बचाउ” को नारा लगाउँदै राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा प्रदर्शन गरिएको छ । बुधबार रौतहटको गरुडा नगरपालिकामा शुरु भएको कार्यक्रममा सहभागीहरुले राजा आउ देश बचाउ,संघियता खारेज गर, भ्रष्ट नेता मुर्दावाद लगायतका नारा लगाउदै बिरोध प्रदर्शन गरेका हुन । मुलुकलाई समृद्ध बनाउन जनताले त्यो अधिकार दिदा मुलुकलाई समृद्ध बनाउनुतर्फ कुनै कार्य हुन नसकेकाले अब मुलुकलाई समृद्ध राजाले मात्र बनाउन सकिने उनीहरुको दावी रहेको छ । मुलुकभर राजावादीहरुको प्रदर्शन गरिरहदा रौतहटमा पनि बुधबार प्रदर्शन गरेको हो ।२०४७ सालको संविधान ल्याउ अभियानका देशभरीका अभियन्ता लगायत जिल्ला स्तरिय नेताहरुको सहभागिता रहेको बिरोध कार्यक्रममा सहभागीले खुलेरै बर्तमान सरकारले गरेको कामको बिरोध गरेका थिय । पछिल्लो समयमा देशभर राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा नारा जुलुस लगाउँदै प्रदर्शन भईरहेको छ । यसअघि राजावादी समूहले गौर र चन्द्रनिगाहपुरमा समेत प्रदर्शन गरिसकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय