• रबिन्द्र प्रजापति

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले कटुवा बन्दुकसाहित् एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर ७ बगही टोल निवासी २० वर्षीय राजमहम्मद आलम रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटेको प्रहरी टोलीले सोमबार दिउँसो साढे ४ बजेको करिव आलम सवार विआर-३०डब्लु-४८७३ नम्बरको भारतीय स्पेलेण्डर मोटरसाइकल चेक जाँच गर्दा सिटको कभर भित्र १२ बोरको नाल कटुवा बन्दुकसहित आलमलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका आलमलाई जिल्ला अदालत गौरबाट पाँच दिनको म्याद थप गरेर न्यायीक हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय