जनकपुरधाम । जनता समाजवादी पार्टीको युवा संगठन जनता समाजवादी युवा संघ धनुषाले काठमाण्डौंमा आन्दोलनरत सर्लाहीका उखु किसानहरुको आन्दोलनको पक्षमा जनकपुरधाममा प्रदर्शन गरेका छन् । आफुलाई गरिव, मजदुर र किसानहरुको पार्टी भन्ने नेकपाको सरकारले उखु किसाहरुसंग गरेको सम्झौता कार्यान्वयन गर्न नसकेको भन्दै युवाहरु जनकपुरधामको जनकचौकमा प्रदर्शन गरेका हुन ।

संघका युवा प्रशान्त झाको अगुवाईमा भएको प्रदर्शनमा सहभागि युवाहरुले सरकार र प्रधानमन्त्री केपि शर्मा ओली विरुद्व जोडदार नारावाजी गरेका थिए । झाले भने, ‘यो कुन चरित्र हो, जुन पार्टी किसानकै पार्टी भन्छ उस्कै सरकार हुदाँहुदै पनि चार डिग्रीको जाडोमा किसानहरु घर छाडेर आन्दोलन गर्नु परेको छ ।’

प्रदर्शनमा युवाहरुको किसन साह, किशोर गुरु सहितको सहभागिता रहेको थियो ।

बिरगंजमा पनि प्रदर्शन

एता वर्तमान सरकारले किसानहरुको मेहनत र पसिनाको कमाई उपलब्ध गर्न लगाउने भन्दै गत २०७६ पुष १८ गते किसाहरुसंग भएको पाँच बुदे सम्झौता कार्यान्वयनको मांग गर्दै बिरगंजको घण्टाघरमा प्रर्दशन गरेका हुन । भिजिट मधेश नेपालका अगुवा ओम प्रकाश सर्राफ सहितका युवाहरुले किसानहरुको मांग अविलम्व पुरा गर्न मांग गरेका छन् ।

पटक पटक चिसोमा किसानहरु घर छाडेर काठमाण्डौं पुगि आन्दोलन गर्न परिरहेको भएपनि सरकार मौन हुनु दुःखद रहेको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय