सप्तरी । सप्तरीमा बालिका बलात्कार गरेको आरोपीलाई ८ वर्ष कैद सजाय दिइएको छ । आरोपित सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ५ मोहनपुरका ४० वर्षीय गेनाइ राम चमारलाई अदालतले ८ वर्ष कैद सजाय सुनाएको हो ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले थुनामा रहेका आरोपितलाई ८ वर्ष कैद सजाय तोकेको हो । उनी २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा रहेका थिए ।

बलात्कारका आरोपितलाई आठ वर्ष कैद सजायका साथै रु १० हजार जरिवानाको फैसलासमेत सुनाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा प्रहरी प्रवक्ता भुवनेश्वरप्रसाद साहले जानकारी दिए ।

डीएसपी साहका अनुसार शम्भुनाथ नगरपालिका वडा नम्बर २ मा काठको फर्निचर पसल सञ्चालन गरी बसेका आरोपितले १३ वर्षिया बालिकालाई ललाइफकाई पटक–पटक बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७४ फागुन २० गते उजुरी दिइएको थियो ।

आरोपितले बलात्कार गरेको कुरा पीडित बालिकाले ढिलो गरी बताएकाले प्रहरीमा कारवाहीका लागि उजुरी गर्न ढिलाइ भएको पीडितकी आमाले बताइन् । प्रहरीले आरोपितलाई २०७४ फागुन २२ गते पक्राउ गरेकामा अदालतको आदेशमा २०७४ चैत १८ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय