जनकपुरधाम । रौतहटमा बालविवाह गरेको निहुमा पुजारी र दुलाहसहित ७ जना मण्डपबाटै पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुलाह मुकेश गिरी, दुलाहका बुबा रामसागर गिरी, काका राम श्रेष्ठ गिरी, पुजारी कपिलदेव चौवे, गिता गिरी र लक्ष्मी गिरी रहेका छन् ।

सोमबार साँझ गरुडा नगरपालिका वडा नम्बर ५ स्थित शिवनगर मन्दिरमा १५ वर्षीया किशोरीसँग २४ वर्षीय युवकको विवाह भइरहेको सूचनापछि प्रहरी विवाहस्थलमा पुगेको थियो।

ईशनाथ नगरपालिका ३ औरैया टोलका रामसागर गिरीका छोरा फरक क्षमता भएको (कान सुन्न नसक्ने) २४ वर्षीय मुकेश गिरीको रौतहट माधवनारायण नगरपालिका ६ की १५ वर्षीय किशोरीसँग विवाह भइरहेको थियो।

केटा पक्षले धन सम्पतीको प्रलोभन देखाई बाल बिवाह गराइ रहेको सूचना प्राप्त भएपछि प्रहरी त्यहाँ पुगेको थियो। प्रहरीले बिवाह रोकी बाल बिवाह गराउने कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिहरुलाई रौतहट जिल्ला अदालतबाट बाल विवाह सम्बन्धी कसूरमा ३ दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय