जनकपुरधाम । जनकपुरमा सरकारविरुद्ध नेपाली कांग्रसले प्रदर्शन गरेको थियोे त्यही प्रदर्शनको खुला मंचमा पूर्वमहामन्त्री प्रकाशमान सिंह भने कि सबैजना झण्डा उठाउन आग्रह गर्दैछु । कांग्रसले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको अनुसार सोमवार जनकपुरमा पनि प्रदर्शन गरेको छ ।

गएको मंसिर २६ गते कांग्रेसले गरेको देशव्यापी निर्णय अनुसार आज जनकपुरसहित विभिन्न शहरहरुमा नेपाली कांग्रसले हजारौंको संख्यामा प्रदर्शन गर्दे छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गृह जिल्ला तनहुँमा भएको दुर्व्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता, भ्रष्टाचार, स‌ंवैधानिक अंगलाई कमजोर बनाउने काम भएको भन्दै आज जनकपुरमा विरोध प्रदर्शन गरेको नेपाली कांग्रेस धनुषाले जनाएको छ ।

‘अति भो अति भो, मुलुककै छवि क्षति भो, औषधि छैन मल छैन, सत्ताको लडाई लाज छैन’ भन्ने लगायतका मुल नाराका साथ प्रदर्शन भएको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै देशभरका विभिन्न कार्यक्रमलाई कांग्रेसका नेताहरुले सम्बोधन गर्न लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय